प्रदेशस्तरीय महिला भलिबल: बागलुङ तेस्रो
उपाधिका लागि म्याग्दी र पर्वत खेल्दै
काठमाडाैं | असार १६, २०८०
पोखरा: गण्डकी प्रदेशस्तरीय महिला भलिबल प्रतियोगितामा जिल्ला भलिबल संघ बागलुङ तेस्रो भएको छ ।
पोखरा रंगशालाको बहुउद्धेश्य कभर्डहलमा तेस्रो स्थानका लागि भएको खेलमा जिल्ला भलिबल संघ बागलुङले जिल्ला भलिबल संघ स्याङ्जालाई ३–१ को सेटमा पराजित गर्दै तेस्रो भएको हो ।
जिल्ला भबिलल संघ बागलुङले पहिलो सेट १९–२५ ले गुमाएको थियो । पहिलो सेट गुमाएको बागलुङले उत्कृृष्ट पूनरागमनसहित २५–१२, २५–२३ र २५–१५ ले पराजित गर्दै प्रतियोगितामा तेस्रो भएको हो ।
तेस्रो भएको बागलुङले नगद ४० हजारसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
यस्तै उपाधिका लागि जिल्ला भलिबल संघ म्याग्दी र पर्वतबीच खेल भइरहेको छ ।
जिल्ला भलिबल संघ म्याग्दीले बागलुङ र पर्वत र स्याङ्जालाई पराजित गर्दै फाइनलमा प्रवेश गरेका हुन् ।
प्रतियोगिताको उपाधि विजेताले १ लाख रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले ७० हजार र तेस्रो हुनेले ४० हजार रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । उत्कृष्ट खेलाडी, स्पाइकर र सेटरलाई जनही ५÷५ हजार रुपैयाँको साथमा ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ ।
गण्डकी प्रदेशस्तरीय महिला भलिबल प्रतियोगितामा गण्डकीका ११ जिल्लाका नै सहभागिता रहेको थियो ।
पोखरा: कास्की क्षेत्र नम्बर २ का नेकपाका उम्मेदवार हेमबहादुर थापा (आमोद)ले सुकुम्बासी तथा अव्यवस्थित बसोबासी समस्याको स्थायी समाधान गर्न नेकपाको नेतृत्व आवश्यक रहेको बताएका छन् । अखिल ने...
पाेखरा: कास्की क्षेत्र नम्बर १ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सहिदको शालिकमा माल्यार्पण गरेर घेटघाट शुरु गरेको छ । सो क्षेत्रका प्रत्यक्ष तर्फका उम्मेदवार राजकाजी गुरुङसहितको टोलीले...
पोखरामा प्रतिभा सुपर लिग (पिएसएल) क्रिकेट प्रतियोगिता शुरु भएको छ । प्रतिभा मावि पोखराको आयोजना तथा पोखरा महानगरपालिका क्रिकेट संघको सहयोग र समन्वयमा पोखरामा आजदेखि अन्तर माध्यमिक विद्यालय क्रिक...

